गाबिस सचिबहरूद्धारा राजीनामा
म्याग्दीका ४१ ओटै गाविसका सचिबहरूले शान्ति सुरक्षाको माग गदैं सामुहिक राजीनामा दिएका छन् ।संयुक्त जातिय मुक्ती मोर्च... Read More
गाबिस सचिबहरूद्धारा राजीनामा
म्याग्दीका ४१ ओटै गाविसका सचिबहरूले शान्ति सुरक्षाको माग गदैं सामुहिक राजीनामा दिएका छन् ।संयुक्त जातिय मुक्ती मोर्च... Read More
१. ऐतिहासिक पृष्ठभूमिः
नेपालको मध्य–पश्चिमी पहाडमा अवस्थित, पूर्वमा कास्की र पर्वत, पश्चिममा बागलुङ, डोल्पा र रुकुम, उत्तरमा मुस्ताङ र डोल्पा तथा दक्षिणमा बागलुङद्वारा परिवेष्ठित ८३००८’ देखि ८३०५३’ पूर्वी देशान्तर र २८०२०’ देखि २८०४७’ उत्तरी अक्षांस अन्तर्गत रहेको भू–भाग म्याग्दी जिल्ला अन्तर्गत पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग कि.मी. (२,२९,७०६ हे.) रहेको छ । जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरु (गाउँ पंंचायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो । हाल यो जिल्लामा ४१ गाविस रहेका छन् । २०१८ सालको सीमा विभाजन अनुसार गण्डकी पारिका ईलाकाहरु क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए । तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पंंंचायत) मात्रै रहेका थिए ।
१.१ नामाकरणः
इतिहासमा प्रसिद्ध पर्वत राज्य अन्तर्गत पर्ने यस म्याग्दी जिल्लाको नामाकरण २०१८ सालको जिल्ला विभाजनमा प्रथम पटक भएको पाइन्छ । प्रसिद्ध हिमशिखर, तालतलैया, नदीनाला र धार्मिक स्थलको नाउँबाट अञ्चल तथा जिल्लाको नामाकरण गर्ने शिलशिलामा त्यतिबेलाको जिल्ला विभाजन अनुसार झण्डै सिंगो जिल्लाभरि नै फैलिएको नदी “म्याग्दी” को नामबाट यस जिल्लाको नामाकरण गरिनु स्वाभाविक र युक्तिसंगत नै थियो । यो जिल्लाको पश्चिमदेखि दक्षिण–पूर्वतिर बग्ने नदीको नाम म्याग्दी रहनुका निम्नलिखित कारणहरु हुन सक्दछन् ।
अरु पद्नुहोस...